विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका मैदानमा, भारतको कमजोर ब्याटिङ
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
507
Shares
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको फाइनलमा भारत र दक्षिण अफ्रिका भिडिरहेका छन् । बारबाडोसमा भइरहेको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको छ ।
आक्रामक शुरुआत गरेको भए पनि भारतले दोस्रो ओभरमै दुई विकेट गुमाउन पुग्यो । कप्तान रोहित शर्मा ५ बलमा ९ रन बनाएर आउट भए भने ऋषभ पन्त रनको खाता नखोली आउट भए । त्यस्तै सूर्यकुमार यादव पाँचौँ ओभरमा ४ बलमा ३ रन बनाएर आउट भए ।
विराट कोहली एक्लैले ब्याटिङ लाइन सम्हालेका छन् । केशव महाराजले २ विकेट लिएका छन् । त्यस्तै कागिसो रबाडाले १ विकेट लिए ।