arrow
ADVERTISEMENT

अभागी ठहरियो इटाली, स्वीट्जरल्याण्ड पुग्यो युरोकपको क्वार्टरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
eurocup-2024-switzerland.jpg

काठमाडौँ । स्वीट्जरल्याण्ड जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २–० गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । स्वीट्जरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक–एक गोल गरेका थिए ।

योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस वर्षको युरोकपबाट बाहिरिएको छ ।

अब क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ