arrow

दर्वेसामा यसरी मनाइयो धान दिवस

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ असार १६ आइतबार
durbesa-dhan-diwas.jpg

मोरङ । नेपाल किसान महासंघ मोरङ क्षेत्र नं २ को आयोजनामा शनिबार मोरङको दर्वेसामा धुमधामसँग २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल किसान महासंघका जिल्ला र केन्द्रीय स्तरका नेताहरुका साथै कांग्रेस निकट कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले राज्यले किसानलाई महत्त्व नदिँदा कृषक सधै पछाडि परेको बताए । 

उनले किसानका समस्याहरुलाई राज्यले नजरअन्दाज गर्दै आएको आरोपसमेत लगाए । किसानले आफ्ना उत्पादनहरुको आफै मूल्य निर्धारण गर्न पाउनुपर्ने माझीको भनाइ थियो ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि मोरङ काांग्रेसका सचिव मोदराज घिमिरेले राज्यले कृषकलाई न्यायोचित व्यवहार गर्नुपर्ने बताए । उनले अहिले किसानले समयमै बाली उत्पादन गर्न पाउने , मलबीउ पाउने स्थिति नरहेको उल्लेख गर्दै यसतर्फ राज्यको ध्यानाकर्षण गराए । उनले कांग्रेस सधैं किसानको पक्षमा रहेकोसमेत बताए ।

कार्यक्रममा कांग्रेसका युवा नेता एवम् प्रदेश समिति सदस्य जयबहादुर तामाङ, महाधिवेशन प्रतिनिधि मञ्जु राई, महासमिति सदस्य सुमन कुँवर , रामनारायण मण्डल, कांग्रेस नेता गोपालमान सिंह राजभण्डारी, यज्ञ कार्की, गोपाल सेढाई, तारानाथ प्रसाईं, सुमित्रादेवी कोइराला, नागेश्वरप्रसाद सिंह, खगेन्द्र बस्नेत, कन्हैयालाल राजवंशी , श्याम लिम्बू, विकाश शिवाकोटी, महेश्वर राजवंशी, कमलकिशोर सिंह, जगन्नाथ मण्डल, टपेन्द्र भट्टराई, जीवन पनेरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीसहित विशिष्ट अतिथि र अतिथिहरुले सामूहिक रुपमा रोपाइँ गरेका थिए ।

विशिष्ट व्यक्तिहरुले रोपाइँ गरेसँगै कार्यक्रममा उपस्थित कृषकहरुले एकआपसमा हिलो छ्याप्दै रमाइलो गरेका थिए । कार्यक्रमको सभापतित्व नेपाल किसान महासंघ मोरङ क्षेत्र नं २ का सभापति डेफुराम खड्काले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ