arrow
ADVERTISEMENT

कठघरामा रास्वपा

हिम्मत राख्ला त रास्वपाले केन्द्रीय समिति बैठक लाइभ गर्न ? 

महामन्त्री ढकाल भन्छन् –  ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून्’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् ।

असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन्  ।

उनले भनेका छन्,  ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । हाम्रो अडिट जनताले गरून् । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’

बुधबार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 

यसअघि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक नै लाइभ गरेर कीर्तिमान कायम गरेको छ । 

जनताको लोकप्रिय पार्टी रहेको भन्दै भ्रष्टाचार र अनियमिताताबाट मुक्त रहेको दाबी गर्दै आएको रास्वपामाथि लाइभ गर्ने चुनौती बढेको छ । 

पारदर्शी पार्टी भन्नेले बैठक लाइभ गर्ने हो भने त्यसको असली रुप बाहिर आउने स्पष्टै छ । तर के रास्वपाले हिम्मत गर्ला त बैठक लाइभ गर्न ? 

महामन्त्री ढकालले शालीन विद्रोह गरी प्रतिवेदनको केही अंश सार्वजनिक गरेसँगै रास्वपा अहिले अताल्लिएको छ । 

महामन्त्री ढकालले बैठक लाइभ गर्न माग गरेसँगै पार्टीको छद्मरुप पनि बाहिर आउने विश्वास गरिएको छ । 

विशेष गरी सभापति एवं गृहमन्त्री रवि लामिछाने मन्त्री भएसँगै विभिन्न गम्भीर प्रकृतिमा मुछिएसँगै पार्टीको नीति छताछुल्ल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ