arrow
ADVERTISEMENT

जर्जियालाई हराउँदै स्पेन युरोकपको क्वार्टरफाइनलमा, अबको भिडन्त जर्मनीसँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
euro-2024-spain-g.jpg

काठमाडौँ । स्पेन जर्मनीमा जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि एक गोल स्पेनका रोबिन ले नोरमाण्डले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अब स्पेन क्वार्टरफाइनलमा आयोजक जर्मनीसँग खेल्ने भएको छ । यो खेल जुलाई ५ मा हुने छ ।

त्यस्तै यो हारपछि जर्जिया भने युरोकपबाट बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ