arrow

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
deuba-congress-mahasamiti-meet-2080-11-07-.jpg

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । 

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत प्रचार विभागका प्रमुख विश्वकर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ