arrow

एसको मतदान विद्युतीय मेसिनमार्फत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
ncp-united-general-ass-(8).jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र शुरु भएको छ । काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

यसैबीच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।  त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा. गंगालाल तुलाधर र डा. विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।  

आइतबारबाट शुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ । 

अहिलेसम्म अध्यक्षका लागि माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना रहेको बताएका छन् ।  

यद्यपि सहमतिमै नेतृत्व छानिने गरी प्रयास थालिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ