arrow

पत्रकारहरु देशैभर आन्दोलित, महासंघको काभ्रे कार्यालयमा धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
kavre-fnj-press-union-81-3-.jpg

काभ्रे । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यताको सूचीमा आपत्ति जनाउँदै अहिले देशैभर विरोध भइरहेको छ । सो क्रममा नेपाल प्रेस युनियन काभ्रेले सोमबार नेपाल पत्रकार महासंघ काभ्रेको कार्यालयमा धर्ना दिएको छ ।

पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रियाअनुसार सिफारिस गरेका सदस्यता कायम गर्न, क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्न, नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर्न, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्न, तत्काल सदस्यता विवाद टुंगाएर नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर्न माग गर्दै नेपाल प्रेस युनियन काभ्रेले धर्ना दिएको हो ।

केन्द्रीय सचिवालय बैठकले आन्दोलनलाई थप सशक्त बनाउन नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि महासंघका सबै समिति, शाखाहरुमा असार १७ गते विहान ११ देखि १ बजे धर्ना दिने कार्यक्रम तय गरेको थियो ।

पत्रकार महासंघले सार्वजनिक गरेको नामावली नसच्याइ, सदस्यताको न्यायपूर्ण टुंगो नलगाइ साधारण सभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन चेतावनी दिँदै प्रेस युनियन काभ्रेले असार ८ गतेदेखि नेपाल पत्रकार महासंघ काभ्रे शाखामा तालाबन्दी गरेको छ ।

विधान बमोजिम जिल्ला शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको मतदाता नामावाली आफूलाई मान्य नभएको भन्दै युनियन काभ्रेले तालाबन्दी गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ