- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पछिल्लो समय बदलिँदै गएको राजनीतिक तरङ्गबीच मन्त्री परिषद् बैठकमा एमालेका मन्त्रीहरुको संख्या न्यून रहेको छ । साँझ ५ः२० बजे यो समाचार तयार गर्दासम्म एमालेबाट मन्त्री हरि उप्रेती र ज्वाला शाहमात्र मन्त्रिपरिषद् बैठकमा उपस्थित भएका छन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका मन्त्रीहरु र सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् ।
कुनै पनि बेला माहोल परिवर्तन हुन सक्ने भन्दै ओलीले मन्त्रीहरु र सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएको बालकोट निकट उच्च स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी केही मन्त्री र पदाधिकारीहरुलाई उनले गम्भीर छलफलका लागि आफ्नो निजी निवास बालकोटमा बोलाएका छन् ।
एमालेका मन्त्रीहरु ‘हाइ अलर्ट’मा