सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय गर्न रास्वपा सचिवालय बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
597
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान सिंहदरबारमा बस्ने बताइएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ ।
राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै सो सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ ।