- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । फ्रान्स जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। राउण्ड अफ १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
खेलको ८५औँ मिनेटमा फ्रान्सका राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।
यो जितपछि फ्रान्स क्वार्टरफाइनलमा पुगेको छ भने बेल्जियम बाहिरिएको छ ।
क्वार्टरफाइनलमा फ्रान्सको भिडन्त पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग हुनेछ ।