arrow

पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा, अबको भिडन्त फ्रान्ससँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
eurocup-2024-portugal-win.jpg

काठमाडौँ । पोर्चुगल जर्मनीमा जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

अतिरिक्त समयको १०५ औँ मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । 

रोनाल्डोले हानेको पेनाल्टी स्लोभेनियाका गोलकिपरले बचाएका थिए । पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोएको दृश्य भावुक देखिएको थियो । 

आफ्नो क्यारियरको अन्त्यतिर रहेका रोनाल्डोलाई अन्य खेलाडीले सम्झाइरहेको दृश्य देखिएको थियो ।

थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलको जितका नायक गोलकिपर डिओगो कोस्टा बनेका थिए । उनले स्लोभेनियाका तीनै पेनाल्टी बचाएर पोर्चुगललाई जिताएका थिए । 

अब क्वार्टरफाइनलमा पोर्चुगलले फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले बेल्जियमलाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको हो । 

पोर्चुगल र फ्रान्सबीचको क्वार्टरफाइनल खेल जुलाई ५ मा हुनेछ ।

त्यस्तै हारसँगै स्लोभेनियाको युरोकप यात्रा समाप्त भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ