arrow

धितोपत्र बोर्ड अध्यक्षः मुखैको नियुक्ति गुमेपछि श्रेष्ठ सर्वोच्चमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
dhitopatra-bord.jpeg


काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया विरुद्ध सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । सोमबार श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । गत शुक्रबार धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णय मन्त्रालयको वेभसाइटमार्फत सार्वजनिक गरिएको थियो । समितिले सर्टलिस्ट गरेका ५ जनामध्ये तीन जना अन्तर्वार्तामा नआएपछि २ जना मात्रै सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयको रायपछि समितिले अहिलेसम्मको सबै प्रक्रिया रद्द गरी प्रक्रियालाई माघ ४ गतेको अवस्थामा पुर्याइदिएको थियो । 

फागुन १६ गते खुलेको आवेदनमा १९ जना आकांक्षी थिए । त्यसमध्ये सर्टलिस्टमा परेकामध्ये डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँले अन्तर्वार्ता दिएका थिएनन् । रिटमा श्रेष्ठले आफूले समितिले तोकेबमोजिम अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भए पनि सहभागी नभएका व्यक्तिहरुको कारणले आफूमाथि अन्याय गरेको उल्लेख गरेका छन् । 

श्रेष्ठलाई बिचौली दीपक भट्टको समर्थन रहेको बताइन्छ । भट्टकै सेटिङमा उनी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको संयुक्त रोजाइसमेत बनिसकेका छन् ।
 



नयाँ