arrow

पाेखरा महानगरमा अख्तियारकाे छापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
pokhara-mahanagar-office.jpg
फाइल तस्बिर

पोखरा । मणिपाल शिक्षण अस्पताल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा मारेको छ । आयोगको टोलीले आज दिउँसो महानगर कार्यालयमा छापा मारेको हो ।

नियम विपरीत मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको र उजुरीमाथि छानबिन गर्न महानगरबाट कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजश्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजश्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

महानरको कार्यपालिका बैठकबाट निर्णय गराएर १९ करोड भन्दा बढी राजश्व छुट दिएको समाचार बाहिरिएको थियो । यस सम्बन्धमा तीव्र आलोचना भएपछि सो निर्णय बदर गरेर महानगर आफैँले छानबिन समिति बनाएको जनाएको छ ।

यस विषयमा मणिपाल शिक्षण अस्पतालले कुनै गल्ती कमिकमजोरी नगरेको बताएको छ । मणिपालले महानगरकनातर्फबाट समयमै भवन निर्माणको सम्पन्नताको प्रमाणपत्र प्राप्त नहुँदा यो समस्या बढ्दै गएको जनाएको छ । अस्पतालले नियमपूर्वक तिर्नुपर्ने सबै राजश्व तिरेको जनाएको छ ।



नयाँ