arrow

कांग्रेस–एमालेबीच संविधान संशोधन गर्ने सहमति स्वागतयोग्य – राप्रपा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
rajendralingen-rpp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले संविधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन् । 

अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडि बढाउछन् भन्ने विषय आफ"हरुले नजिकबाट हेर्ने र सोहीअनुसार निर्णय गर्ने उनले बताए ।

उनले आफूहरुले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमामात्र छलफल गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ