arrow

नेदरल्याण्ड्स युरोकपको क्वार्टरफाइनलमा, रोमानिया बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
eurocup-2024-nether-romania.jpg

काठमाडौँ । नेदरल्याण्ड्स जर्मनीमा जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा रोमानियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

नेदरल्याण्ड्सको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।

योसँगै नेदरल्याण्ड्सले क्वार्टरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुनेछ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ