arrow

'अर्थमन्त्रीज्यू सक्नुहुन्छ भने पाँच सय हजारको नोट ब्यान्ड गर्नुस्'

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
money.jpeg.jpeg

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । 

उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइकी छन् । 

उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ । हामी इज्जतदार नागरिक हुनुपर्छ । नेपालीले पुर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ । अर्थमन्त्रीज्यू सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्यान्ड गर्नुस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ