arrow

टर्किए युरोकपको क्वार्टरफाइनलमा, अष्ट्रिया बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
eurocup-2024-turkey-win.jpg

काठमाडौँ । टर्किए जर्मनीमा जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा टर्किएले अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

टर्किएको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर शुरुआती अग्रता दिलाएका डेमिरलले खेलको ५९औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए । यो जितपछि टर्किएले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ ।        
           



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ