arrow

यस्तो बन्यो युरोकपको क्वार्टरफाइनल समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
eurocup-2024-qf-equation.jpg

काठमाडौँ । जर्मनीमा जारी युरोकप फुटबलको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । राउण्ड १६ का खेल सकिएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो ।

क्वार्टरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्ड्स, टर्किए, इङ्गल्याण्ड र स्वीट्जरल्याण्ड रहेका छन् ।

राउण्ड १६ मा स्पेनले जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो भने जर्मनीले डेनमार्कलाई २–० गोल अन्तरले पराजित गरेर क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको थियो भने फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने टर्किएले अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै इङ्गल्याण्डले स्लोभाकियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने स्वीट्जरल्याण्डले इटालीलाई २–० गोल अन्तरले पराजित गरेर क्वार्टरफाइनलमा पुगेको थियो ।

अब क्वार्टरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्नेछ । त्यस्तै नेदरल्याण्ड्सले टर्किएको सामना गर्ने छ भने इङ्गल्याण्डले स्वीट्जरल्याण्डको समान गर्ने छ ।

अब क्वार्टरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ