arrow

रास्वपाको निरंकुशताः महामन्त्रीलाई लिखित प्रस्ताव पेश गर्न दिएनन् सभापति लामिछानेले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
rsp-mukul-dhakal-81-3-19.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न नदिएको बताएका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’

बैठकलाई प्रत्यक्ष प्रसारणको माग राखेका ढकालको सो माग पूरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् ।

निरंकुश बन्दैछन् त रवि लामिछाने ? 
रवि लामिछानेले कुनै समय आफूलाई कम्युनिष्टहरुको कित्तामा राखेको भनेर असन्तुष्टि जनाएका थिए । उनले पार्टी पूर्णरुपले लोकतान्त्रिक भएकाले लोकतान्त्रिक स्वतन्त्रतामै जोड दिने बताएका थिए । 

तर पछिल्लो समय पार्टीका खम्बा महामन्त्री ढकालमाथि गरेको उनको व्यवहारले भने पार्टी कुन अवस्थामा रहेको छ भन्ने स्पष्ट गर्दै गएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संगतले उनलाई पनि छोएको आरोप रास्वपाभित्रै लाग्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ