- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब ५ः३० बजे ठूलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ ।
बुधबार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा ११ फिट गहिरो थियो र सो खाल्डोमा एउटा मोटरसाइकलसमेत खसेको थियो ।
बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । बाइकलाई क्रेनको मद्दतले बाहिर निकालिएको छ ।
जुद्ध शमशेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दासमेत उक्त खाल्डोबाट पानी आउन बन्द भएको छैन ।