arrow

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णय

दुई ठूला दल मिलेको भन्दै मार्गप्रशस्त गर्न प्रचण्डलाई कांग्रेसको आग्रह [भिडियो]

भ्रातृ सङ्गठनका सम्बन्धमा भएको निर्णय अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
prakasharan-mahat-03-18.jpg

काठमाडौँ । दुई ठूला दल मिलेको भन्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले आग्रह गरेको छ । संसद्का दुई ठूला दल कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेपछि नयाँ सत्ता समीकरणको मुख्य दल कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो । 

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो बैठकले दुई ठुला दल र अन्य दलहरूले पनि नयाँ सत्ता समीकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसैगरी बैठकले नयाँ सत्ता समीकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलहरूसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताए ।

उनले भने, ‘दुई वटा ठुला दल नेपाली कांग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वाभाविक रूपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्ग प्रशस्त गर्नु पर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उनले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरू दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ । संविधान संशोधनको विषयमा सबै दलसँग सघन छलफल गरेर हामी अघि बढछौं । ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच आगामी सहकार्य गरेर जाने बारे जुन समझदारी भएको थियो सरकार निर्माण गर्ने सम्बन्धमा । त्यसलाई स्वागत गयो । र समर्थन ग¥यो । र सँगसँगै दुई दलका नेताहरूको बीचमा जुन समझदारी भएको छ । हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाजी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बीचमा जुन समझदारी भएको थियो । त्यो समझदारीको मूल विषयवस्तु पहिला पनि सञ्चारकर्मी साथीहरूलाई जानकारी गराएका थियौँ । मूलभूत रूपमा देशमा स्थायित्व दिनका लागि सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि यो सहकार्य गर्ने राष्ट्रिय सहमति जुटाउने र मुद्दामा सहमत दलहरूलाई पनि यसमा जोड्ने । जहाँसम्म नेतृत्वको सवाल छ । सरकारको नेतृत्वको सवाल छ । सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आम निर्वाचन सम्पन्न गर्नेसम्मका लागि हाम्रा पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने । यही नै समझदारीको मूल विषयवस्तु हो । त्यो समझदारीलाई कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । अर्को विषय वस्तुलाई पार्टी सभापतिले भ्रातृ सङ्गठनका सम्बन्धमा जुन निर्णय गर्नुभएको थियो समय थप गर्ने सम्बन्धमा । र निर्देशक समितिको सम्बन्धमा । त्यो निर्णयलाई पनि कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । यही नै विषयवस्तु हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ