- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभरको काम तीव्र रुपमा भइरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ग्वार्को फ्लाइ ओभर २०८१ असारभित्र सम्पन्न गर्ने गरी फेरि म्याद थप गरेको छ । अहिले माटो हालेर पेल्ने काम भइरहेको छ ।
फ्लाइ ओभर निर्माणका लागि २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले ठेक्का पाएको हो । सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो ।
चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले शुरु गरेको हो । (नेपाल फोटो लाइब्रेरी)