- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् ।
उनले संविधान संशोधनको बारेमा दुवै दलले स्पष्ट ब्याख्या नगरेको र आफूहरुसँग पनि कुनै छलफल नगरेको बताए । महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् ।
एकीकृत समाजवादीले नेतृत्व चयन सर्वसम्मत गर्न निर्वाचन प्रकृया अझै शुरु गरेको छैन ।