arrow

माधव सर्वसम्मत, झलनाथ र घनश्यामसँग बसेर केन्द्रीय सदस्य फाइनल गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
ncp-united-general-ass-(8).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) मा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत पक्का भएका छन् । 

त्यस्तै अध्यक्षका बाँकी दुई दावेदार झलनाथ खनाल र घनश्याम भुसाललाई वरिष्ठ उपाध्यक्षसहित क्रमशः दोस्रो र तेस्रो वरीयतामा राखेर नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन लागिएको हो ।  

उपाध्यक्ष राजेन्द्र पाण्डेलाई के गर्ने भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । त्यस्तै महासचिवमा पनि कुरा मिल्न बाँकी रहेको छ । 

माधवले जगन्नाथ खतिवडालाई रोजेका छन् भने घनश्यामले प्रकाश ज्वालालाई बोकेकाले अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन् । 

तीन जना नेताहरु नेपाल प्रज्ञा प्रतिष्ठानको एक कुनामा बसेर केन्द्रीय सदस्यको टुंगो लगाउन लागिरहेका छन् । 

सहमति जुटाउने प्रयासमा लागेकाले दिँउसो २ बजे हुने भनिएको मनोनयन दर्ताको प्रक्रिया शुरु भएको छैन । अर्थात नेताहरु चुनावै नगरी सिधै नाम टाँस्ने अवस्थामा पुगेका छन् । 

असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ