arrow

नेकपा एसमा पहिलेकै पदाधिकारी दोहोरिए, घनश्याम महासचिव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
ncp-united-general-ass-(8).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) मा सर्वसम्मत नेतृत्व चयन भएसँगै पुरानै पदाधिकारी दोहोरिएका छन् । 

अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल दोहोरिएका छन् । 

यी तीन पदमा सर्वसम्मत भएको छ भने अन्य पदहरु शुक्रबार बिहानसम्म सहमतिमा टुंगो लगाइने जनाइएको छ । 

यसअघि माधवसँग झलनाथ र घनश्यामले अध्यक्षमा भिड्ने तयारी गरेका थिए । पुरानै पदमा सहमति भएसँगै तीनै जना नेताहरु बाँकी पद मिलाउन छलफलमा बसिरहेका छन् । 

पाँच दिनदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ