arrow

फ्रान्स युरोकपको सेमिफाइनलमा, पोर्चुगल बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
eurocup-2024-por-fra-qf.jpg

काठमाडौं । फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो । 

यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले आयोजक जर्मनीमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ