arrow

अनुहार पढ्दा 

logo
शिरिष विलास, 
प्रकाशित २०८१ असार २२ शनिबार
shirish-vilas-81-3-22.jpg

जीवनमा एक चोटी लड्न पर्ने रहेछ
को आफ्नो को पराय थाहा पाइने रहेछ 
सिख्दैछु मानिसलाई बल्ल पढ्न राम्ररी
किताब भन्दा अनुहार पढ्न सकिने रहेछ सर्सरी
रिसाउने मानिस झन् हुने रहेछन् जाती
हाँस्ने मान्छे झन् हुने रहेछन् पापी
मानिसलाई राम्ररी पढ्न सक्न पर्ने रहेछ 
किताब हैन अनुहारलाई पढ्न सक्न पर्ने रहेछ
सफलताको न्यानो हुँदा आउँछन् ताप्न आगो
तर आगोको डढेलोमा भाग्छन् चुँडाएर धागो 
जीवनमा एक चोटी लड्न पर्ने रहेछ
को आफ्नो को पराइ थाहा पाइने रहेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ