arrow

तिमी तिम्रै लागि

logo
कविता गौतम,
प्रकाशित २०८१ असार २२ शनिबार
kabita-gautam-81-3-22.jpg

तिमी छौँ नि तिम्रो लागि 
तिम्रो आफ्नो मान्छे
तिम्रो एकदमै को 
नजिकको साथी 
तिमीलाई बुझ्ने
तिम्रो हरेक कुराहरु सुन्ने 
तिम्रो आफ्नो मान्छे 
भनेको तिमी आफैँ हो
अरु जो कोही पनि 
तिम्रो जिन्दगीको बाटोमा हिँड्ने
हर कोही मान्छेहरु 
केवल बटुवा हुन् 
आउँछन् 
जान्छन् 
तर तिमी तिम्रो लागि हरदम छौ 
त्यसैले 
आफैँलाई सम्हालेर हिँड्नु  है 
भोलिको दिन अवस्य राम्रो हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ