arrow

टर्किएलाई हराउँदै नेदरल्याण्ड्स युरोकपको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
eurocup-2024-netherlands-tu.jpg

काठमाडौँ । नेदरल्याण्ड्स जर्मनीमा जारी युरोकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति सम्पन्न क्वार्टरफाइनलमा टर्किएलाई २–१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स सेमिफाइनलमा पुगेको हो ।

नेदरल्याण्ड्सको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्किएका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । 

त्यस्तै टर्किएका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १–० गोलले अगाडि रहेको टर्किएले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्किएका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए ।

यो जितपछि नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्गल्याण्डको सामना गर्ने भएको छ । इङ्गल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । 

अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन् ।            



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ