arrow

क्यान्टनमेण्ट घोटालाको फाइल खोलेर देखाउन रविलाई ज्ञानेन्द्र शाहीको चुनौती [भिडियो]

महानगरपालिकाले कति पटक पत्र काट्यो होला हुकुमवासीलाई हटाऔँ भन्दाखेरी हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
gyanendra-sahi-03-23.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर ज्ञानेन्द्र शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन् । 

उनले उनले जीबी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरू खोलेमा आफूहरूको साथ र समर्थन रहने बताए । उनले सुकुम्वासीहरूलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरे पनि प्रहरी नपठाएको बताए । उनले गृहमन्त्रीले संसद्मा आएर ठूलो कुरा मात्रै गरेको बताए ।

उनले भने – ‘संविधान संशोधन गरौँ । संविधानलाई परिवर्तन गरौँ । संविधान गीता, कुरान, बाइबल होइन । देशको हितमा छ भने संशोधन गरेर अगाडी बढाऔँ । हितमा छैन भने बुँदाहरू कटौती गरौँ । हामीलाई जनताले यी पुराना ३३ वर्षदेखि देशलाई लुटे । यिनीहरूका विरुद्धमा सडक र सदनबाट खडा हुनुपर्छ भनेर जनताले दिएको जनमत हो । पद र प्रतिष्ठाको लागि हो जस्तो मलाई लाग्दैन । मलाई बढी केही माग्नु छैन गृहमन्त्रीबाट । जीवी राई पक्राउ गरेर ल्याउनुस् । यहीँ संसद्मा हामी फूलमालाले स्वागत गर्छौ । ०७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नुभयो । सबै जनताले पत्याएर भोट हाल्यौँ । १२४ दिन भयो सरकारमा गएको आज के भयो ? अझै ७ दिन फाइल खोलौँ । झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ । हामी साथ र समर्थन गर्छौ । खोल्नुस् न फाइल कसले रोकेको छ ? किनभने आज पनि सरकार छ । जनतालाई कहिलेसम्म भ्रमित पार्ने हो ? काठमाडौं महानगरपालिकाले कति पटक पत्र काट्यो होला हुकुमवासीलाई(सुकुम्वासीलाई) हटाऔँ भन्दा खेरी हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसद्मा आएर ठूलो कुरा ? गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ रोष टममा आएर बताउनुस् । हामी तपाईँलाई समर्थन गर्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ