arrow

कांग्रेस एमालेबीच मन्त्रालयको भागबण्डा कहिले ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
deuba-oli-ishwor.jpg

काठमाडौँ ।   नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकाको भागबण्डाको विषय टुङ्गाउन केही समय लाग्ने भएको छ ।   

पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र  सहमति अनुसार त्यसपछि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । पहिलो चरणमा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुङ्गोमा पुगी सकेको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिँदै छन् ।  सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गरी कांग्रेस एमाले सहितका दलहरू छलफलमा छन् ।  

कांग्रेससँग प्रारम्भिक छलफल भए पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुङ्गो लगाउने एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।

उनले भने,'  मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोली नै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुङ्गो लगाउँछौँ । अहिले चाहिँ केही छलफल भएको छ । टुङ्गो कुनै पनि लागेको अवस्था रहेन । कति दलहरू हाम्रो यो प्रक्रियामा सहभागी हुन्छन्, राष्ट्रिय सरकार निर्माणको प्रक्रियामा भन्ने कुरा त्यो पनि हामीले सबै दललाई आह्वान गरेको कारणले पनि अन्य दलको रेसपोन्सको आधारबाट पनि मन्त्रालय भागबण्डा गर्ने कुरा हुन्छ । त्यसकारण केही दिन यसले समय लिन्छ भन्ने लाग्छ । ’

दुई दलबीच भएको सहमति अनुसार प्रधानमन्त्री र अर्थमन्त्री एमाले र गृहमन्त्री कांग्रेसबाट हुनेछन् । अन्य मन्त्रालयको टुङ्गो लगाउने काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ