- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।
पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।