arrow

मेस्पाङमा ६० मिटर सडक भासिएसँग मध्यपहाडी लोकमार्ग ठप्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
mespang-road-clash-81-3-26.jpg

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङमा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । 

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा आज बिहान सडक  भासिएको हो । 

“वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भनिन्,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ