arrow

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन रोकियो, संसदीय छानबिनको घेरामा धितोपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
reliance-spinning-mills-ltd.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिहीबारदेखि खुला गर्ने तयारी गरिएको रिलायन्स स्पिनिङ मिलको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । सार्वजनिक लेखा समितिको प्रष्टीकरणपछि नेपाल धितोपत्र बोर्डले आईपीओ रोक्न सम्बन्धित कम्पनी र बिक्री प्रबन्धकलाई निर्देशन दिएको हो । 

समितिले मंगलबार बोर्डलाई पाँच बुँदे प्रष्टीकरण सोध्दै २ रुपैयाँ आम्दानी भएको कम्पनीले महँगो मूल्यमा शेयर बेच्न लागेको भन्दै मूल्य निर्धारण प्रक्रिया र महँगो मूल्यमा स्वीकृति दिनुको कारणबारे सातदिन समय दिएर प्रष्टीकरण मागेको थियो । यद्यपि आईपीओ प्रक्रिया रोक्न निर्देशन भने दिएको थिएन । 

तर समितिले प्रश्न सोधेको अवस्थामा यसलाई स्थगित गर्न उपयुक्त देखिएकोले तत्कालको लागि स्थगित गर्ने निर्णय गरिएको बोर्डका प्रवक्ता नवराज अधिकारी जानकारी दिए ।

रिलायन्सको आईपीओसँगै सेबोन र बुक बिल्डिङ प्रक्रिया नै संसदीय छानविन समितिको घेरामा पुगेको छ । संस्थागत लगानीकर्ताको नाममा जथाभावी बोलबकोल गर्न लगाउने र आम सर्वसाधारणलाई महँगो मूल्यमा शेयर बेच्ने प्रपञ्च रिलायन्सले प्रष्ट पारेको छ । 

कतिसम्म भने कम्पनीको वित्तीय अवस्थाबारे हल्लाखल्ला हुने डरले अहिलेसम्म कम्पनीले विवरणपत्र सार्वजनिक समेत गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ