arrow

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
prithivi-rajmarga-tanahun-jam.jpg

भरतपुर ।  चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।  

अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । 

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । 

अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ