arrow

राप्रपाले प्रचण्डलाई विश्वासको मत नदिने [भिडियो]

देशलाई अहिलेको अवस्थामा पुर्‍याउने काम स्वयं वर्तमान प्रधानमन्त्रीले गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
gyanbahadurs.jpg

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो । 

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको बताए । उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्रीले अराजक गतिविधि गरेको भन्दै देशलाई अहिलेको अवस्थामा पुर्‍याउने काम स्वयं वर्तमान प्रधानमन्त्रीले गरेको आरोप लगाए । उनले लाखौँ युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिब देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री भएको बताए । 

उनले भने, ‘आजको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रधानमन्त्रीमा जुन अराजकता छ, लामो समयदेखि देशलाई यो अवस्थामा पुर्‍याउने र आज यो मुलुकलाई, हजारौँ, लाखौँ युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिब देश बनाउनेभित्र यसको मुख्य नेतृत्व नै अहिलेको प्रधानमन्त्रीले गर्नुभएको हो । प्रधानमन्त्री कुनै पनि हिसाबले अहिले पनि नेपाल जस्तो शान्ति देश नभएको भए, बाहिर भए उन राजनीतिक व्यक्ति नै होइन । उन आपराधिक पृष्ठभूमिबाट आउनुभएको हो । सरकारमा जाने नजानेबारे निर्णय गरेका छैनौँ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ