arrow

एक दिनपछि पद जाने निश्चित भएका मन्त्रीहरू उपस्थित नभएपछि संसद् बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
parliament-81-3-27.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गरे । 
 
सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराए । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ । 

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । उनले विश्वासको मत नपाउने निश्चित भइसकेको छ । जसका कारण मन्त्रीहरु पनि भोलिसम्मका लागि मात्रै हुन् । 

संसदको सबैभन्दा ठूलोृ दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सरकारका लागि गठबन्धन भएसँगै तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विश्वासको मत नमिल्ने निश्चित छ । 

प्रचण्डलाई अहिलेसम्म उनको पार्टी माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एकीकृत समाजवादीले मात्र मत दिने निश्चित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ