arrow

सर्वज्ञ अनेसासकाे अध्यक्ष निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
sarbagya-wagle.jpg

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा वाग्लेले ८ सय ५९ मतसहित निर्वाचित भएका हुन् । वाग्लेसँगै प्रतिस्पर्धा गरेकी बिमला निरौलाले ५ सय ९५ मत प्राप्त गरिन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा ९ सय ५४ मतसहित लालगोपाल सुवेदी विजयी भए । उनका प्रतिस्पर्धी राजेन्द्र श्रेष्ठ ४ सय ८८ मत प्राप्त गरे ।

यस्तै अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८ सय १८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६ सय २२ मत प्राप्त गरे ।

एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७ सय ४९ मतले निर्वाचित हुँदा दिनेशराज ज्ञवालीले ६ सय ७५ मत प्राप्त गरे ।

यस्तै महासचिवमा राजु सिटौला ८ सय ५५ मतसहित विजेता हुँदा कृष्ण गिरीले ५ सय ८४ मत प्राप्त गरे ।

अनलाइन मतदानमा २ हजार ८ सय १९ जना आजीवन सदस्यमध्ये १ हजार ४ सय ७३ मत अर्थात् कुल ५२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत गुणराज लुइँटेलले जानकारी दिए ।

समितिको युरोप उपाध्यक्षमा डिल्लीराम अम्गाई, ओशिवाना उपाध्यक्षमा हरिप्रसाद अधिकारी, अमेरिका उपाध्यक्षमा गणेश खड्का, जापान सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी र सदस्यमा पुष्पा खनाल, सुमन वर्षा, दीप कार्की, रत्ना लोक्सोम सुब्बा, तारा उप्रेती निर्विरोध निर्वाचित भएको निर्वाचत अधिकृत डा. चूडामणि खनालले जानकारी दिए ।

निर्वाचनमा अध्यक्षमा १९, वरिष्ठ उपाध्यक्षमा ३१, अमेरिका उपाध्यक्षमा ३३, एसिया उपाध्यक्षमा ३४ नो भोट परेको निर्वाचन अधिकृत डा कविता घिमिरेले जानकारी दिइन् ।

यसैबीच नवनिर्वाचित अध्यक्ष वाग्लेले अनेसासको गौरव र गरिमा बढाउनका लागि गरेका सम्पूर्ण योजनाको सफलता प्राप्तिका लागि सबैसँग हातेमालो गरेर अगाडि बढाउने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ