arrow

प्रचण्डले आजै बालुवाटार छोड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
pm-prachanda.jpg

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन्। आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकारी गराएको छ। प्रचण्ड आफ्नो खुमलटारस्थित निवासमा जाँदै छन् । सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाइ गरिएको थियो।

सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन। प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्य योजना बारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ