arrow

कांग्रेस-एमालेको सहकार्य घामजत्ति नै छर्लङ्ग छ - प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
prachanda-03-28-1.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् ।  प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको जिकिर गरे। 

उनले आफूले विधिको शासन शुरु गरेको जिकिर गरे । उनले कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको आरोप लगाए । 

उनले भने, ‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईँहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेँ, लोकतन्त्रको गोडमेल शुरू गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन शुरू गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ । त्यो सत्य होइन । तपाईँहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै कांग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो । नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा शुरू गर्न सकिन्थ्यो । तपाईँहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईँहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईँहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईँहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ