arrow

त्रिशूलीमा बेपत्ता दुई बसको खोजीमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेका छौँ – लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
ravi-lamichhane-81-3-28.jpg

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।

गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरी ती स्थानहरुमा रात्री बस संचालन नगर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको जानकारी दिए । 

तर व्यवसायीको विरोधपछि सरकार पछि हटेको छ । 

लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुःख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी गराएका छन् ।

उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिए । साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तीव्र रुपमा गरिरहेको संसदमा जानकारी गराएका छन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ