arrow

म मुस्कुराएँ

logo
कविता गौतम, 
प्रकाशित २०८१ असार २९ शनिबार
kabita-gautam-81-3-28.jpg

कयौँ कोसिसमा हार पाएँ
हार पछि गाल पाएँ
तर पनि म मुस्कुराएँ ।

यात्रामा कतै हुरी त कतै छाल पाएँ
दुईजिब्रे मान्छे अनि मेरा लागि 
रचिएका षड्यन्त्रका जाल पाएँ
तर पनि म मुस्कुराएँ ।

आश लाग्थ्यो जोबाट 
उसैबाट घात पाएँ
आज बल्ल बुझ्दै छु
त्यहाँ 
जवाफ दिँदै केही बोल्नुपर्दथ्यो 
तर 
म त्यहाँ पनि मुस्कुराएँ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ