मन्त्री छान्दै कांग्रेस, कार्यसम्पादन समिति बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्ने भएको छ ।
बैठकमा आइतबार गठन हुने नयाँ सरकारमा पार्टीबाट पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने जनाइएको छ ।
सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतले बसेर एउटा खाका बनाइरहेको बुझिन्छ ।
सोही खाकाअनुसार पार्टीबाट समावेशी आधारमा सरकारमा सहभागीता जनाउने बताइएको छ ।
रमेश लेखक गृह र आरजू राणा देउवा परराष्ट्र मन्त्री भएर सरकारमा जाने लगभग तय रहेको छ ।
अन्यबारे छलफल जारी रहेको बताइएको छ । देउवाले यसपालि पार्टीको नेतृत्व गरेर जान महामन्त्री गगनकुमार थापालाई आग्रह गरेको भए पनि थापाले भने पार्टीका कामहरु बाँकी रहेकाले सरकारमा नजाने बताइसकेका छन् ।