arrow

तिमी नै तिमी

logo
शिरिष विलास,
प्रकाशित २०८१ असार २९ शनिबार
shirish-vilas-81-3-29.jpg

रातको सपना, बिहानीको बिपना
मेरो गीत, मेरो संगीत
मेरो आकाश, मेरो प्रकाश नै तिमी
मेरो याद, जीवनको बुनियाद नै तिमी
जहाँ हेरुँ, तिमी नै तिमी ।

मेरो गुनासो नै तिमी
मेरो प्रशंसा पनि तिमी 
मेरो आज नै तिमी 
मेरो भोलि पनि तिमी
यो गीतको गीतकार नै तिमी
यो संगीतको संगीतकार पनि तिमी
जहाँ हेरुँ, तिमी नै तिमी ।

मेरो अस्तित्वको अर्थ पनि तिमी
मेरो प्रश्नको गृहीतार्थ पनि तिमी
मेरो सफलताको प्रेरणा नै तिमी
संकटमा समाधान दिने मन्त्रणा नै तिमी
मेरो मौनतको आवाज नै तिमी
मेरो शिरको ताज पनि तिमी

जहाँ हेरुँ तिमी नै तिमी ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ