arrow

निष्ठुरी बन्दै बैंकहरुः मिल्नेसम्मकै कम ब्याजदर तोके, कसको कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
banks-nepal-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बैंकहरुको ब्याजदर फेरि घटेको छ । वाणिज्य बैंकहरुले साउन महिनादेखि लागू  हुनेगरी ब्याजदर घटाएर निर्धारण गरेका हुन् । कतिपय बैंकहरुले त मिल्नेसम्मकै सबैभन्दा कम ब्यादर तोकेका छन् । 

नेपाल राष्ट्र बैंकले अहिले बचत खाताको ब्याजदरलाई ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नमिल्ने व्यवस्था गरेको छ । अहिले यसको तल्लो सीमा ३ प्रतिशत रहेको छ । 

बैंकहरुले बचत खाताको ब्याजदर ३ प्रतिशत हाराहारीमै झारेका छन् । अधिकतम ब्याजदर अफर गरेको एनआईसी एसियाले ३.६ प्रतिशत ब्याजदर तोकेको छ । 

त्यस्तै एक वर्षे मुद्दती खातामा बढीमा ५ प्रतिशत हाराहारीमा ब्याजदर निर्धारण गरिएको छ । सबैभन्दा धेरै दिने सिटिजन्स बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।  

संस्थागत मुद्दती निक्षेपमा बैंकहरुले ४ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यस अन्तर्गत सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकले ५.५ प्रतिशत ब्याजदर तोकेको छ । 

उता कल डिपोजिटमा बचत खाताको न्यूनतम ब्याजदरको आधासम्म मात्रै ब्याजदर दिन पाइने भएकोले अधिकांश बैंकले सोही बराबर ब्याजदर निर्धारण गरेका छन् । जसअनुसा यो खातामा १.५ प्रतिशतदेखि १.८ प्रतिशतसम्म मात्रै ब्याजदर पाइन्छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ