arrow

इटहरी उपमहानगरपालिकाको बजेट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
Itahari_upamahanagarpalika_map.png

सुनसरी । इटहरी उपमहानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका २०८१÷८२ को बजेट पारित गरेको छ । यही असार १० गते नगरसभामा इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले रु तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेका थिए । 

असार मसान्त (सोमबार) सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था बमोजिम बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको हो । उपमहानगर उपप्रमुख सङ्गीता चौधरीले असन्तुष्टि जनाउँदै अनुपस्थित भएपछि वडाध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका थिए । 

बजेटमा सङ्घीय समानीकरण अनुदान रु २९ करोड ५६ लाख, सङ्घीय सशर्त अनुदान चालुतर्फ रु ४९ करोड ४३ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ रु ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपुरक अनुदान रु चर करोड, सङ्घीय विशेष अनुदान रु पाँच करोड आउने प्रक्षेपण गरिएको हो । 

प्रदेश समानीकरण अनुदान रु एक करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालु खर्चतर्फ रु ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्चतर्फ रु दुई करोड ४४ लाख र प्रदेश समपुरक अनुदान रु एक करोड ७७ लाख आउने बजेटमा उल्लेख छ । 

सङ्घीय राजस्व बाँडफाँट रु १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँट (सबारी कर) रु दुई करोड ३३ लाख र प्रदेश राजस्व बाँडफाँट (मालपोत रजिष्ट्रेशन) रु ५६ करोड अनुमान गरिएको हो ।

चालु खर्चतर्फ रु एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात् कूल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तीय व्यवस्थाअन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ रु ९० लाख अर्थात् कूल बजेटको ०.२५ प्रतिशत र पुँजीगततर्फ रु दुई अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ । जसमध्ये विषयगततर्फ रु ३० करोड, वडा सीमातर्फ रु ३८ करोड, नगरस्तरीय योजनाको लागि रु आठ करोड विनियोजन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ