arrow

सम्पत्ति मूल्यांकनको शुल्क बढ्यो, बैंकबाट ऋण लिनेलाई प्रत्यक्ष असर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
debts-bank-evaluation-AI.jpg
तस्बिर – एआई ।

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण लिँदा राखिने सुरक्षण (धितो) को मूल्यांकन चार्ज बढेको छ । नेपाल भ्यालुएटर्स एशोसिएसनले आर्थिक वर्ष २०८१–८२ को लागि लागू हुने गरी यस्तो चार्ज बढाएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा ०.०१ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म शुल्क बढाएर संघले नयाँ दर सार्वजनिक गरेको छ । 

अब २५ लाखसम्मको सम्पत्तिको मूल्यांकन शुल्क ७ हजार ५ सय रुपैयाँ लाग्नेछ । त्यस्तै ५० लाख रुपैयाँसम्मको लागि १२५०० रुपैयाँ, १ करोडसम्मका लागि २० हजार रुपैयाँ, ५ करोडसम्ममा लागि ६० हजार रुपैयाँ शुल्क तोकिएको छ । 

त्यस्तै १० करोडसम्मको लागि १ लाख रुपैयाँ, २० करोडसम्मका लागि १ लाख ५० हजार रुपैयाँ, ५० करोड रुपैयाँसम्मका लागि २ लाख ४९ हजार रुपैयाँ र १ अर्ब रुपैयाँसम्मका लागि ३ लाख ४० हजार रुपैयाँ शुल्क तोकिएको छ । सोभन्दा धेरैको मूल्यांकनको लागि आपसी सहमति अनुसार शुल्क लिन सकिने जनाइएको छ ।

उक्त शुल्क बाहेक साइट भिजिटका लागि प्रति स्टेशन ३ हजार रुपैयाँ, प्रतिदिन १० हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै प्रोग्रेस रिपोर्टको लागि ५० लाख रुपैयाँसम्मको ५ हजार, १ करोडसम्मको १० हजार, ५ करोडसम्मको १५ हजार र १० करोडसम्मको २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

एशोसिएसनले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको अधिनमा रही यस्तो शुल्क संशोधन गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ