arrow

रिलायन्सको आईपीओ विवादमा मुछिएका नरेन्द्र राना धितोपत्र बोर्डको अध्यक्षबाट हटाइए 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
narendra-rana-dhitopatra-bo.jpg

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट नरेन्द्र राना हटाइएका छन् । अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले हेर्दै आएको अध्यक्षको जिम्मेवारीबाट हटाएका हुन् । उनको ठाउँमा मन्त्रालयकै अर्का सहसचिव महेश बराललाई पठाइएको छ । 

बराल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सहसचिव रहेका छन् । रानालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले जेठ पहिलो साता बोर्डमा सदस्यको रुपमा पठाएका थिए । त्यसभन्दा अगाडि रितेश शाक्य बोर्डको कार्यबाहक अध्यक्ष थिए । 

पुनसँग नजिक रहेका रानाले यो बीचमा रिलायन्स स्पिनिङ मिलको आईपीओ ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताका दरले बिक्री गर्न स्वीकृति दिएका थिए । 

यो विवादपछि संसदको सार्वजनिक लेखा समितिले बोर्डसँग प्रष्टीकरण सोधेको थियो । त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । 

अहिले सरकार परिवर्तनसँगै अर्थ मन्त्रालयमा एमालेको नेतृत्व आएपछि उनी बोर्डबाट हटाइएका हुन् ।  छोटो समय बोर्डमा रहँदा गरेको एउटा निर्णयले राना अख्तियार दुरुपयोगमा फस्ने सम्भावना देखिएको छ । 

समितिको प्रष्टीकरणसँगै अहिले उक्त कम्पनीको आईपीओ प्रक्रिया रोकिएको छ । कम्पनीले हुँदै नभएको नाफा देखाएर गलत वित्तीय विवरण प्रस्तुत गरेको पाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ