arrow

अदालतको आदेशपछि थालिएको न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
newroad-foothpath-81-4-4-(5.jpg

काठमाडौँ । अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका छन् ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो । त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । 

जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो ।

यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।  

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । 

newroad-foothpath-81-4-4 (6).jpg
newroad-foothpath-81-4-4 (1).jpg
newroad-foothpath-81-4-4 (2).jpg
newroad-foothpath-81-4-4 (3).jpg
newroad-foothpath-81-4-4 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ